२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ का ३ खेल संकटमा, डोमिनिकाद्वारा खेल आयोजना गर्न अस्वीकार



अ+ अ-

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टी–२० विश्वकप २०२४ का तीन खेल संकटमा परेका छन् । डोमिनिकाले टी–२० विश्वकप २०२४ का खेलहरू आयोजना गर्न अस्वीकार गरेको छ ।

डोमिनिकाले तोकिएको समयसीमामा स्टेडियम निर्माणको काम पूरा नगरेको र बिहीबार सरकारले टी–२० विश्वकप खेलहरू आयोजना गर्नबाट आफ्नो नाम फिर्ता लिने बताएको छ ।

डोमिनिका सात क्यारेबियन देशहरू मध्ये एक हो, जसले टी–२० विश्वकप खेलहरू आयोजना गर्दै थियो । विन्डसर पार्कमा एउटा समूह खेल र दुई सुपर–८ खेलहरू आयोजना हुँदै थियो ।

“डोमिनिका सरकार क्रिकेट वेस्ट इन्डिजलाई वर्षौंदेखिको साझेदारीका लागि धन्यवाद दिन चाहन्छ र भविष्यमा पनि सँगै काम गर्न जारी राख्न तत्पर छ । डोमिनिका सरकार सफल प्रतियोगिता आयोजनाको लागि आयोजकहरूलाई शुभकामना दिन्छ ।’ उसले भनेको छ ।

यसबारे आईसीसीको प्रतिक्रिया भने आउन बाँकी छ ।