१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बैंकले नियमविपरित ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ: गभर्नर अधिकारी

बैंकले नियमविपरित ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ: गभर्नर अधिकारी
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताउनु भयो ।

उहाँले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्नुभयो । उहाँले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गर्नुभयो । गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताउनु भयो ।

उहाँले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताउनु भयो । उहाँले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योगी व्यवसायीहरुले बैंकहरुबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरुले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटी हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ । जुन कुरा गलत छ । स्पष्ट रुपमा भन्नुपर्छ । उद्योगी व्यवसायीहरुको लागि बैंक तथा वित्तीय संस्थाहरुको ऋण नै मात्रै सबै कुरा होइन होला ? ब्याजले कति असर पर्छ । अहिले पनि बैंकहरुबाट ठूलो व्यवसायीहरुले ६.५ प्रतिशत देखि लिनुभएको छ । ३ वर्षदेखि अहिलेपनि सुविधा लिइरहनुभएको छ । ९ प्रतिशत लिने धेरै व्यवसायीहरु हुनुहुन्छ । जसले पहिले नै फिक्स गर्नुभएको छ । बैंकहरुको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरु पनि हुनुहुन्छ ।’

‘नेताहरुकामा भाषण गर्दा व्यवसायीहरुले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैंकहरुको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरुसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौं । गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैंकहरुबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौं । बजारमा हैवा फैलाउने हिसावले बैंकहरुले लिँदै नलिएको कुरा लियो भनेर बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउने लागि प्रोसाहित गर्नेगरी कुरा गरिरहेका छौं । जुन कुरा गलत छ । वास्तविकता के हो त्यो हेर्नुपर्छ । कसैले १८ प्रतिशत ब्याज तिर्नुभएको छ । छैनन् । त्यसैले गर्दा बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ । राष्ट्र बैंकले माइक्रोम्यानेजमेण्ट हेर्‍यो भन्ने कुरा आएको छ त्यो निजी क्षेत्रले हेर्नुभएको छ ।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा छ । हामी सबैलाई थाहा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । रेमिट्यान्सबाट आएको रकमले हामी आयात गर्दछौं । आयातबाट नै हामी उपभोग गर्दछौं । त्यही आयातमा कर लगाएर राज्य चलाउँछौं । अनि आन्तरिक उत्पादनलाई इगनोर गर्दछौं । कयौं नीतिगत व्यवस्था आन्तरिक उत्पादन बढाउने र अर्थतन्त्रको मुख्य ड्राइभर आन्तरिक उत्पादनलाई बनाउने प्रयास नभएका भने होइनन् । भइरहेका छन् । राज्यको मुख्य दृष्टि नै त्यही छ । नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएका छन् । त्यति हुँदाहुँदै पनि हामीले त्यो नीति अनुरुपमा काम गर्न सकिरहेका छैनौं । कुरा के आउँछ भन्दा अर्थमन्त्री र गभर्नरको सम्बन्ध,वित्त र मौद्रिक नीतिको सम्बन्धका विषयमा बढी कुराहरु आउँछन् । म स्पष्ट रुपमा भन्छु । हाम्रो सम्बन्धमा अफट्यारो र खोट केही छैन । बजेटमा भएको कुन चाहीँ नीतिलाई मौद्रिक नीतिले सपोर्ट गरेन । कुन कुरामा समस्या छ । राष्ट्र बैंकको मौद्रिक नीतिलाई राज्यको तर्फबाट कहाँबाट सहयोग भएन । त्यो कुरा मैले कही पनि फलि गरेको छैन । जब मलाई फिल र समस्या छैन । भने रमाइलोको लागि कसैले पचाउँछन् की भनेर त्यो समन्वयमा लेखेर के हुन्छ ?’

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताउनु भयो । गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गर्नुभयो । उहाँले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आर्थिक शिथिलताको कारण बैंकहरुमा खराब कर्जाको समस्या परेको छ । कर्जाको गुणस्तरमा परिरहेको छ । कर्जाको गुणस्तर खस्कनुको कारण राष्ट्र बैंकले लिएको कसिलो नीतिले पनि हो । राष्ट्र बैंकले किन कसिरहेका छौं भन्दा यस्तो बेलामा कस्नैपर्छ । भोलि बैंक वित्तीय संस्थाहरुमा समस्या पर्नसक्छ । खराब कर्जाको समस्या भएपनि नेट एनपीएमा दक्षिण एशियामा धेरै तल छौं । अरु मुलुकको जस्ता गुणस्तर तल आएको पनि होइन । बैंकहरुमा नेट एनपीए १.५ प्रतिशत भन्दा माथि गएको छैन । त्यो महत्वपूर्ण कुरा हो । एनपीए छ । त्यसलाई नाफाबाट कति प्रोभिजन गरिएको छ र बैंकलाई कसरी सुरक्षित बनाएको छ भन्ने विश्लेषण गर्ने हो भने एनपीएको अगेन्समा गरिएको प्रोभिजन महत्वपूर्ण छ । बैंकिङ सिस्टम सुरक्षित छ । साउण्ड छ । आम नागरिकको मनोबल राम्रो बनाइरहेको छ । बैंकहरुमा भोलिको दिनमा पनि राष्ट्र बैंकको नीतिको कारण समस्या आउने छैन । वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा छौं । १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता छ । राज्यका कुनैपनि अंग,निजी क्षेत्रको परियोजनाहरु अगाडि बढाउँदा विदेशी मुद्राको नपुग होला भनेर डराउनुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताउनु भयो । उहाँले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकको नीतिको कारण बैंकहरुमा तत्काल समस्या आउने अवस्था नभएको बताउनु भयो । उहाँले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताउनु भयो ।