११ असार २०८३, बिहीबार
,
Latest
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति जहाजबाट उपत्यका हेर्दा जुन शहर उज्यालो हुन्छ त्यही हो ललितपुर: चिरिबाबु महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्युनिकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने भएको छ ।

बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिन भित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताउनुभएको हो ।

उहाँले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने कुराको अन्त्य गर्न महानगर लागिपरेको बताउनु भयो । उहाँले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताउनु भयो । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताउनु भयो । उहाँले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो रिङ रोडमा धेरै दुर्घटना परिघटना भइरहेका छन् । तर त्यसको मुख्यकुरा भनेको बत्ती नबलेर नै हो । कुसुन्तीमा अहिलेसम्ममा २४ जना मान्छे अकालमै मृत्यु भयो, धोबिघाट कीर्तिपुर जोन बाटोमा ३४ जनाको अकालमा मृत्यु भयो । तर ती घटनाहरु भइरहँदा प्राय: रात्रिकालीन बत्ती नभएको कारणले नै हो । हामीले त्यहाँ बत्ती बाल्नको निमित्त १० दिन भित्रमा टेण्डर छाप्दैछौँ । त्यसपछि ललितपुर महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बल्छ । बत्ती बलेपछि बत्ती नभएको कारणले दुर्घटना नहोस् भन्ने हो । यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ । १ करोड २० लाख विद्युत प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ । गएको वर्षको टेण्डर त बाँकी नै छ । तसर्थ यी दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललतिपुर महानगरपालिका हो । जुन शहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

मेयर महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने शहर ललितपुर हुने बताउनु भयो । महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो । महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो ।