११ श्रावण २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ एमालेको पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्राको रुट



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले बिहीबारदेखि पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ । बैतडीको झुलाघाटबाट सुरु हुने यात्राको उद्घाटन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । उनले भोलि बिहान झण्डोत्तलन गरेर यात्राको प्रारम्भ गर्नेछन् ।

अध्यक्ष ओलीले बिहान साढे ८ बजे झण्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भोलिको यात्रा अमरगढी पुगेर समापन हुनेछ ।

त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ ।

चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । पाचौँ दिनको यात्रा दैलेखबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ भने छैठौँ दिन रुकुमकोट पुगेर यात्रा समापन हुनेछ । सातौँ दिनको यात्रा गलकोटमा पुगेर समापन हुनेछ भने आठौँ दिनको यात्रा पोखरा पुग्नेछ ।

त्यसैगरी, नवौँ दिन गोरखा, दशौँ दिन बट्टार, एघारौँ दिन धुलिखेल, १२ औँ दिन मन्थली र १३ औँ दिनको यात्रा दिक्तेल पुग्नेछ । १४ औँ दिन भोजपुर, १५ औँ दिन वसन्तपुर, १६ औँ दिन सङ्क्रान्ति बजार र १७ औँ दिनको यात्रा फिदिम पुग्नेछ ।

१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/11/Jhulaghat-Chiwabhajnyangbooklet.pdf”]