६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले मङ्गलबार बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले आयोजना गरेको १३औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्नुभएको छ ।

पूर्ण सभालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपालमा जस्तै राष्ट्रिय अवस्था अनुसार माक्र्सवादको सिर्जनात्मक कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको उहाँसँगै फोरममा सहभागी पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले बताउनुभएको छ ।

नेकपा (एमाले)ले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको बताउनुभयो ।

‘जनताको जनमत नभई कम्युनिष्ट पार्टीको जीवन हुँदैन र समाजवादको भविष्य हुँदैन’ भन्दै सम्बोधन क्रममा उहाँले विश्व श्रमजीवी जनताको जितका लागि जनमुखी नीति र त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

‘मानवता र विश्व समाजवादको विकासका लागि साझा भविष्यसँग समुदायको निर्माण’ शीर्षकको तीन दिने सम्मेलनमा ३७ देशका ८० जना र १०० भन्दा बढी चिनियाँ नेता तथा विज्ञहरूको सहभागिता रहेको छ ।