२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर कप: रात्रीकालिन टेबल टेनिस शुरु



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पाँचौं संस्करण मंगलवारबाट शुरु भएको छ।

विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो।

ललितपुरमा विगतमा रातीमा टेबल टेनिस खेल्ने संस्कारलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताका सहयोगी रहेका ललितपुर महानगरपालिकाका मेयर महर्जनले खेलाडीहरुको पुरस्कारका लागि महानगरपालिकाले थप सहयोग गर्ने बताउनुभयो।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा संञ्चालन भएको हो।

वडा नम्वर ११ का वडाध्यक्ष अरोज कुमार खड्गीको अध्यक्षतामा भएको प्रतियोगितामा मुल आयोजक समितिका संयोजक नदिम रत्न शाक्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

मंगलवार पहिलो चरणका खेलहरु शुरु भएको छ। रात्रिकालिन टेबल टेनिस खेलेर ललितपुर जिल्लाका थुप्रै खेलाडी राष्ट्रिय टोलीमा पुगेका छन्। ती खेलाडीहरुलाई कार्यक्रममा उपस्थित थिए। अहिले पनि राष्ट्रिय टोलीमा ललितपुर जिल्लाका थुप्रै खेलाडीहरु छन्।

प्रतियोगितामा महिलार पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडलको पनि व्यवस्था गरिएको छ । कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

जसमा आयोजक वडा नम्वर ११ ले रु १० लाख रुपैंया तथा ललितपुर उपमहानगर पालिका र अन्य प्रायोजकबाट प्राप्त हुने जनाइएको छ।