२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको टी–२० सिरिजमा अष्ट्रेलियाको टोलीमा ठूलो फेरबदल



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले भारतविरुद्धको अन्तिम तीन टी–२० खेलका लागि आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ ।

विश्वकप २०२३ को विजेता टोलीमा रहेका ग्लेन म्याक्सवेल र स्टिभ स्मिथसहित मार्कस स्टोइनिस, जोस इन्ग्लिस, सिन एबोट र एडम जाम्पाजस्ता ६ स्टार खेलाडीलाई विश्राम दिइएको छ ।

योसँगै जोस फिलिप, बेन म्याकडरम्याट, क्रिस ग्रीन टोलीमा प्रवेश गरेका छन् । पाँच खेलको शृङ्खलामा अष्ट्रेलिया २–० ले पछि छ । स्टिभ स्मिथ, एडम जाम्पा अष्ट्रेलिया प्रस्थान गरिसकेका छन् भने म्याक्सवेल, स्टोइनिस, इंग्लिस र सन एबोट तेस्रो टी–२० खेलपछि स्वदेश प्रस्थान गर्नेछन् ।

जोस फिलिप र म्याकडरम्याट तेस्रो टी–२० का लागि उपलब्ध हुनेछन्, जबकि क्रिस ग्रीन र डोउलिस बुधबारसम्म टोलीमा सामेल हुनेछन् ।

अष्ट्रेलियाले अहिलेसम्म खेलेका दुवै टी–२० खेलमा निराशाजनक प्रदर्शन गरेको छ । पहिलो टी–२० खेलमा टोली २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ४४ रनले पराजित भएको थियो ।

टोलीका ब्याट्सम्यानको प्रदर्शन बलियो रहे पनि बलरले अपेक्षाअनुरुप चल्न सकेनन् । दोस्रो टी–२० मा टिमका बलरले २० ओभरमा २३५ रन दिएका थिए । यससँगै पहिलो टी–२० मा पनि अष्ट्रेलियाका बलरहरु नराम्ररी चुटिन पुगेका थिए । सिरिजमा आफूलाई जीवित राख्न अस्ट्रेलियाले कुनै पनि हालतमा तेस्रो टी–२० जित्नुपर्नेछ ।