१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

कोरोना संक्रमणको खतरा बढेपछि यसवर्ष पनि विस्केट जात्रामा रोक

कोरोना संक्रमणको खतरा बढेपछि यसवर्ष पनि विस्केट जात्रामा रोक
फाइल फोटो
अ अ+ अ-

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यस वर्ष पनि नहुने भएको छ । कोरोना संक्रमण फैलिने खतरा बढेपछि भक्तपुरको स्थानीय प्रशासनले यस वर्ष पनि यो जात्रा नगर्न रोक लगाएको हो ।उता स्थानीयले बिस्केट जात्राको रथ निर्माणको काम स्थानीयले शुरु गरिसकेका छन् । उनीहरुले सो रथको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले यो जात्रामा लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, रथको पूजा गर्न पाउने तर लिंगो उठाउने र रथ तान्ने काम गर्न नपाइने गरी निर्णय भएको छ । गत वर्ष पनि यसै बेला नेपालमा कोरोनाका कारण लकडाउन जारी थियो । गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । यो जात्रा आठ दिन नौ रातसम्म मनाइने मनाइन्छ । यस वर्ष चैत यही २८ गतेबाट बिस्केट जात्रा सुरु हुँदैछ ।

स्थानीय नागरिकले निर्माण गरेको प्यागोडा शैलीको तीनतले अग्लो काठको भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्ने गर्दछन् । बिस्केट जात्राको मुख्य आकर्षण पनि यही हो । यो जात्रामा काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

यसवर्ष पनि यसै समयमा कोभिड–१९ को संक्रमण फैलिन सक्ने आशंका गरिएको छ । भारतमा भयाबह बन्दै गएको यो संक्रमणको दोस्रो लहर नेपालमा पनि आउन सक्ने आशंका गरिएको छ । पछिल्लो समयमा नेपालमा यसका संक्रमित बढ्न थालेपछि सरकारले सतर्कता अपनाउन र भिडभाड हुनेगरी भेला नगर्न सूचना जारी गरिसकेको छ ।