२८ कार्तिक २०८१, बुधबार
,
Latest
पदक विजेता नेपाली बडिबिल्डरको भव्य स्वागत (तस्बिरहरु) ‘वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने’ युएईलाई हराउँदै नेपाल यु–१९ महिला टि–२० विश्वकपमा छनोट भरुवा बन्दुकसहित एकजना पक्राउ एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन उमा कुङफुमा राई निर्विरोध आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछ: अध्यक्ष ढकाल राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राख्नुभएको सम्बोधनको पूर्ण पाठ यु–१९ महिला टि–२० विश्वकप छनोटः युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिको लाठी प्रहारबाट हजुरबुबाको मृत्यु



अ+ अ-

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति)३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।

छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुग्नुभएको थियो । उहाँले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढल्नुभएको थियो । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस