२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक: गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बीमाबारे छलफल नहुँदा अलपत्र परेको उहाँको भनाइ छ ।

हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको थियो । “स्वास्थ्य बीमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पुर्‍याउँछु भन्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बीमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बीमा अलपत्र परेको छ ।” स्वास्थ्य बीमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताउनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र बीमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपचार गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।

“नागरिकलाई आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न उपलब्ध गराउन नसकेका कारणले र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेन ।” रासस