७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

शुभमन गिल बने गुजरात टाइटन्सको नयाँ कप्तान

शुभमन गिल बने गुजरात टाइटन्सको नयाँ कप्तान
अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई कप्तान बनाएको छ । हालै गुजरात टाइटन्स फ्रान्चाइजी निर्देशक विक्रम सोलंकीले यो जानकारी दिएका छन् ।

आइतबार रिटेन्सन डेमा सबै फ्रेन्चाइजीहरूले रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेका थिए जसमा गुजरात टाइटन्सले पहिला हार्दिक पाण्ड्यालाई रिटेन गरेको थियो तर केही समयपछि मुम्बई इन्डियन्सले उनलाई आफ्नो टोलीमा समावेश गर्ने निर्णय गरेको थियो ।

गुजरात टाइटन्स फ्रान्चाइजी निर्देशक विक्रम सोलंकाले भने कि शुभमन गिलले पछिल्लो दुई वर्षमा जसरी प्रदर्शन गरेका छन्, अब समय आएको छ कि उनलाई ब्याट्सम्यानको रूपमा मात्र नभई एक लिडरको रूपमा हेरिनेछ ।

यससँगै शुभमन गिलले गुजरात टाइटन्सको कप्तान बनेपछि आफ्नो भावना व्यक्त गरेका छन् । गिलले भने – ‘म गुजरात टाइटन्सको कप्तानी सम्हाल्न पाउँदा खुसी र गौरवान्वित छु । यस्तो राम्रो टोलीको नेतृत्व गर्न मलाई विश्वास गरेकोमा फ्रेन्चाइजलाई धन्यवाद । हामीले दुईवटा सिजन राम्रोसँग बिताएका छौं र म हाम्रो रोमाञ्चक ब्रान्डको साथ टोलीको नेतृत्व गर्न उत्सुक छु ।’

युवा ओपनर गिलले वर्ष २०१८ मा आईपीएल डेब्यू गरे । केकेआरले उनलाई सन् २०१८ मा समावेश गरेको थियो । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि गिलले भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरे । गिलले सन् २०१९ मा न्युजिल्याण्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

यसपछि उनले सन् २०२० मा अष्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गरेका थिए । केकेआरले गिललाई २०२२ मा रिलिज गरेपछि गुजरात टाइटन्सले उनलाई टोलीमा भित्र्यायो । गिलले २०२२ को आईपीएल सिजनमा १६ खेल खेल्दै ४८३ रन बनाएका थिए जसमा उनको उच्च स्कोर ९६ रन थियो । सन् २०२३ मा शुभमन गिलले १७ खेल खेलेर कुल ८९० रन बनाएका थिए ।