• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

शुभमन गिल बने गुजरात टाइटन्सको नयाँ कप्तान



एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई कप्तान बनाएको छ । हालै गुजरात टाइटन्स फ्रान्चाइजी निर्देशक विक्रम सोलंकीले यो जानकारी दिएका छन् ।

आइतबार रिटेन्सन डेमा सबै फ्रेन्चाइजीहरूले रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेका थिए जसमा गुजरात टाइटन्सले पहिला हार्दिक पाण्ड्यालाई रिटेन गरेको थियो तर केही समयपछि मुम्बई इन्डियन्सले उनलाई आफ्नो टोलीमा समावेश गर्ने निर्णय गरेको थियो ।

गुजरात टाइटन्स फ्रान्चाइजी निर्देशक विक्रम सोलंकाले भने कि शुभमन गिलले पछिल्लो दुई वर्षमा जसरी प्रदर्शन गरेका छन्, अब समय आएको छ कि उनलाई ब्याट्सम्यानको रूपमा मात्र नभई एक लिडरको रूपमा हेरिनेछ ।

यससँगै शुभमन गिलले गुजरात टाइटन्सको कप्तान बनेपछि आफ्नो भावना व्यक्त गरेका छन् । गिलले भने – ‘म गुजरात टाइटन्सको कप्तानी सम्हाल्न पाउँदा खुसी र गौरवान्वित छु । यस्तो राम्रो टोलीको नेतृत्व गर्न मलाई विश्वास गरेकोमा फ्रेन्चाइजलाई धन्यवाद । हामीले दुईवटा सिजन राम्रोसँग बिताएका छौं र म हाम्रो रोमाञ्चक ब्रान्डको साथ टोलीको नेतृत्व गर्न उत्सुक छु ।’

युवा ओपनर गिलले वर्ष २०१८ मा आईपीएल डेब्यू गरे । केकेआरले उनलाई सन् २०१८ मा समावेश गरेको थियो । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि गिलले भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरे । गिलले सन् २०१९ मा न्युजिल्याण्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

यसपछि उनले सन् २०२० मा अष्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गरेका थिए । केकेआरले गिललाई २०२२ मा रिलिज गरेपछि गुजरात टाइटन्सले उनलाई टोलीमा भित्र्यायो । गिलले २०२२ को आईपीएल सिजनमा १६ खेल खेल्दै ४८३ रन बनाएका थिए जसमा उनको उच्च स्कोर ९६ रन थियो । सन् २०२३ मा शुभमन गिलले १७ खेल खेलेर कुल ८९० रन बनाएका थिए ।