२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु भएकी चालिसेका छोराको पढाइको जिम्मा मन्त्री बस्नेतले लिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले लिनुभएको छ । चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी चालिसेको सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । विसं २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए । सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका(९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिनुभएको हो ।

उहाँले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताउनुभयो । मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गर्नुभएको थियो । रासस