७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

कोप–२८ मा जलवायु परिवर्तनको असरको क्षतिपूर्तिको कुरा उठाउनुपर्नेमा सांसदहरुको जोड

कोप–२८ मा जलवायु परिवर्तनको असरको क्षतिपूर्तिको कुरा उठाउनुपर्नेमा सांसदहरुको जोड
अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनले पारेको प्रभाव स्वरुप नेपालले पाउनुपर्ने क्षतिपुर्तिको सम्बन्धमा कोप–२८ मा नेपालले दह्रो ढंगले कुरा राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

आईतवार दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको ‘जलवायु परिवर्तन लक्षित नीति तथा योजनाहरुको तर्जुमा र कार्यान्वयनको सवालमा सांसदहरुको भुमिका तथा सरोकारवालाहरुको योगदान’ विषयक परामर्श बैठकमा बोल्दै सांसदहरुले क्षतिपूर्तिको विषयमा जोड दिएका हुन् । उनीहरुले जलवायु परिवर्तनको असर नेपालमा कुन रुपमा परिरहेको छ सो स्थितिको आँकलन गर्दै सोही अनुरुप क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मिना तामाङले सबैभन्दा पहिले नेपालको स्थितिको बारेमा नेपाल स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले कोप–२८ मा नेपालले ठोस र मुर्त रुपमा कुरा राख्नुपर्ने बताउनु भयो । पुरस्कार अथवा क्षतिपुर्ति के लिने हो भन्दै प्रश्न गर्दै उहाँले दह्रो रुपले नेपाल प्रस्तुत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनमा नेपाल कुन स्थितिमा छ ? त्यहाँ कुन पोजिशनमा राय राख्छौँ ? कुन ढंगले क्षतिपूर्ति लिन्छौँ ? स्पष्ट हुनुपर्छ । त्यहाँ कुनैपनि दलको हिसावले बोल्ने होइन । नेपाल र नेपालीको रुपमा बोल्नुपर्छ । कुन विषयमा, कुन शिर्षकमा बोल्ने भनेर छलफल गरेर विषय लानुपर्छ । ठोस र मूर्त रुपले विषय राख्नुपर्छ । पुरस्कार लिने कि, क्षतिपूर्ति लिने कि ? के लिने भन्नेकुरा हामी दह्रो ढंगले प्रस्तुत हुनुपर्छ ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य विना तामाङले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा जनचेतना जघाउने काम गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारणले विभिन्न प्रकोपहरु गइरहेका र त्यसले मानसिक अवस्था समेत कमजोर हुँदै गइरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ऐन र नीतिहरु सहज रुपमा बजेट कार्यान्वयन हुनेगरी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनको कारणले गर्दा तराईमा बाढी गइरहेको छ, डढेलो लगाउने काम भइरहेको छ । जनचेतनाको काम हामीले गर्नुपर्छ । ऐन, नीतिहरु सहज रुपमा बजेट कार्यान्वयन गर्न सक्नेगरी बनाउनुप¥यो । जलवायु परिवर्तनको कारणले प्रकोपहरु भइरहेको छ, मानसिक रुपमा हामी पनि कमजोर हुँदै छौँ । यसतर्फ ध्यान दिऔँ ।’

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले जलवायु परिवर्तनले ल्याएका असरहरुका कारण गरिबहरु बढी प्रभावित भइरहेका बताउनु भयो । उहाँले गरिब जनताहरु मारमा परेको भएपनि पहुँचवाला मान्छेको पक्षमा बहश र छलफल हुने गरेको भन्दै प्रभावितहरुको पक्षमा छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पहाडी भिरालो जग्गा वा खोलाको छेउमा बस्ने गरिबहरु बढी प्रभावित भइरहेको छन् । गरिब जनता मारमा परेका छन् । तर पहुँचवाला मान्छेको पक्षमा बहश, छलफल भइरहेको छ । पहुँचवालाहरु नै त्यो बैठकमा सहभागि भइरहेका छन् । प्रभावितहरुको पक्षमा छलफल, बहश हुनुप¥यो ।’

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सरकारले ल्याउने नीतिमा जलवायु परिवर्तन र दिागे विकास लक्ष्यको सम्बन्धमा ध्यान नदिइएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा पर्न लागेको भन्दै मानव अधिकारको कुरालाई जोडदार ढंगले उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘योजना आयोगले ल्याउने नीतिभित्र दिगो विकास लक्ष्य र जलवायु परिवर्तनको मेरुदण्डको अपरिहार्यताको कहिँनिर उल्लेख नै छैन । अर्थ मन्त्रालयले ल्याउने अर्थको विनियोजित गर्नेभित्र कहिँनिर छैन । मन्त्रालयले दिने कार्ययोजना भित्र पनि धुप बालेजस्तो कतिखेर, कतिखेर आउँछ होला । तर पूर्ण रुपमा कहीँ छैन । चुरे मानव सहित कि मानव रहित के हो ? कुन किसिमको चुरेको परिकल्पना गर्ने ? तपाईले र मैले परिकल्पना गरेर हुन्छ ? राज्यले गर्नुपर्यो । त्यही भित्र मान्छे राख्ने अनि त्यही भित्र दोहन भयो भन्न पाउँछौँ हामीले ? अहिले चुरे भित्र राजनीति छ । त्यहाँका रुख काटेर बेच्दैछन् नेताहरु, समुदायहरु । सामुदायिक वन अहिले जंगलको एक नम्बरको दुश्मन हो । कोप–२८ मा मानव अधिकारको कुरा उठाउनुपर्छ ।’

उहाँले चुरे क्षेत्र मानवसहितको बनाउने कि मानवरहित बनाउने भन्ने विषयमा पनि सरकार स्पष्ट हुनुपर्ने बताउनु भयो । चुरे क्षेत्रमा मानव बसोवास गरिए स्वभाविक रुपमा चुरे दोहन हुने उहाँको भनाई छ ।