१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गोकुल बास्कोटा (भिडियो सहित)

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गोकुल बास्कोटा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली समूहका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उहाँले विश्वासको मत दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गराएकालाई विश्वासको मत फिर्ता लिन भन्नुभएको हो ।

सरकार कामचलाउ भएको भन्ने टिप्पणीमा धारणा राख्दै उहाँले समर्थन फिर्ता भएपछि नयाँ ढंगले राजनीति प्रक्रिया अघि बढ्ने तर्क गर्नुभयो । उहाँले समर्थन फिर्ता नलिएरे “आफै अड्काउने,आफै पड्काउने” काम राजनीतिक दलहरुबाट भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “कसरी हुन्छ कामचलाउ सरकार ? सरकार गठन भएको जगभित्र के छ ? समर्थन आफु गर्ने , सर्मथन फिर्ता लिन नसक्ने , अर्को सरकार बनाउनका लागि निम्ति कुनै एजेण्डा प्रस्तुत गर्न नसक्ने काम चलाउ भयो ? कसरी काम चलाउ भयो ? विश्वासको मत प्रधानमन्त्री केपी ओलीलाई कसले दिएको हो हिजो ? फिर्ता लिनोस् । अर्को विषय सुरुवात हुन्छ होला नि त । बन्दी बनाएर हामी जान सक्तैनौ । आफै अड्काउने आफै पट्काउने ? के गर्ने हो गर्नुहोस् । राजनीतिको मैदान खुल्ला छ । ”
वर्तमान सरकार कामचलाउन नभएको दाबी पनि उहाँले गर्नुभयो । उहाले विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारको समयमा काम चलाउ सरकारको मन्त्री मण्डलको झुण्डमा “लम्पट” भएर बसेको आरोप पनि लगाउनुभयो ।

कुनै एउटा दलले सत्ता कब्जा गरेको अवस्था नभई चेक एण्ड व्यालेन्समा सरकार चलेको भन्दै उहाँले जनताको अभिमत लिनका लागि जनताबीच जान प्रधानमन्त्रीले चालेको कदम सही भएको दाबी गर्नुभयो । जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक नहुने भन्दै उहाँले अभिमतबाटै लोकप्रियता नाप्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? द्धन्द्धकालमा निरंकुश राजासंग मिलेर शाही साम्यवाद ल्याउनका लागि गरेको वार्ता र छलफल चाही अग्रगमन हो ? प्रतिगमन यस्तै हुन्छ भने , विकास निर्माण, राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरणका लागि जनताको बीचमा जाने कुरामा प्रतिगनम देखिन्छ भने यस्तो प्रतिगमन, विकासको प्रतिगमन, निर्माणको प्रतिगमन, जनताको बीचमा अभिमत लिन जाने प्रतिगमन यो देशका बारम्बार भईरहन्छ किनभने यहाँ लोकतन्त्र छ । मुलुकलाई निकास दिन नसक्ने हो भने ताजा जनादेशको कुनै विकल्प छैन । त्यसैले प्रधानमन्त्रीले वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर संसद विघटन गर्नुभएको थियो । ”

उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तर्फ इंकित गदै चुनाब देखि डराउनेहरुले ताजा जनादेशका लागि निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “चुनाव देख्नासाथ फोविया हुने साथीहरुले प्रतिगमन भो भन्ने ? त्यसो भए चुनावै गराउनु छैन भने,भोट माग्न नजाउँ, चुनाव नगराउँ, कस्तो लोकतन्त्र हो नयाँ बहस गरौ । क्रान्तिकारी लफजी भित्र कम्फर्टेबल मात्रै हो भने भन्नु केही छैन । ”

उहाँले केपी ओली नेतृत्वको सरकार बन्नुअघि नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीकृत भएको र  विकास  निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनता र स्वभिमानका विषय सरकारको प्राथमिकता र राष्ट्रिय एजेण्डामा पर्ने नगरेको दाबी गर्नुभयो । वर्तमान सरकारले विकास निर्माण लगायत जनताको खुसीका पुर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै उहाँले जनताको खुसी नचाहने दलहरुले के चाहन्छन् ? भनी प्रश्न गर्नुभयो । वस्तुगत रुपमा नभई विरोधका लागि विरोध गर्ने परिपार्टीले राजनीतिको सही गन्तव्यमा पुग्न नसकिने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “यही कुरालाई माखुल उडाउन खोजिन्छ भने, यसप्रति पनि खुसी व्यक्त गर्न सकिदैन भने नेपालका राजनीतिक पार्टीहरु के चाहन्छन् ? उनको विकासको एजेण्डा के हो ? उनको राजनीतिक मुद्दा के हुन् ? एजेण्डा विहिन नेतृत्वले मुलुकका निम्ति के योगदान गर्न सक्छ ?” उहाँले सरकारले गरेका विकास निर्माण लगायत राम्रा कामहरु नदेख्नेलाई “कानमा रुवा राख्न र आँखामा साउने चश्मा लगाउन” सुझाव दिनुभयभो ।

उहाँले भन्नुभयो “१ सय ६५ वटा बाटा बनाउने भयौ । के भनेर चुनावमा जान्छौ हामी ? के भनेर भोट मागेका थियौ हामीले ? आफ्नो क्षेत्रमा के कुरा गरेका थियौ ? यसमा पनि निराशा छ भने दुखी आत्माहरुप्रति म खेद मात्रै प्रकट गर्न सक्छु । मृत सपनाहरु बोकेर आशावादको नेतृत्व गर्न सकिदैन सभामुख महोदय । कसैकसैलाई यस्तो हुन्छ । विध्वंश नै विकास देख्नेहरु । तर विकासको पनि एजेण्डा देख्ने साथीहरुमा पनि विचित्रलाई के लागेको छ भने त्यही बोलीमा लोली मिलाएर केही पनि भएन भन्नुहुन्छ । धरहरा बनेन ? केही पनि देख्न हेर्न सुन्न सकिन्न भने एउटा मेरो विनम्रतापुर्वक सुझाव छ । कानमा रुवा राख्ने, आँखामा साउने चश्मा लगाउने ।”