१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रतिनिधिसभा विशेष समय : सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

प्रतिनिधिसभा विशेष समय : सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।”

सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उहाँले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भन्नुभयो ।

पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो, “विकास र समृद्धिको यात्रमा संसारसँगै हिँड्न चाहन्छौँ भने सम्भावना र चुनौतीलाई मनन गर्नै पर्छ, सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको छ, मेलम्चीको पानी काठमाडौँ ल्याइएको छ, मुलुकका विभिन्न भागमा रेलसेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ ।”

सरकारले गरेका उपलब्धि र विकासलाई देख्न नसक्ने हो भने आँखामा लाउने चस्मा र कानमा रुवा हाल्न सुझाव दिँदै उहाँले भन्नुभयो, “समर्थन फिर्ता लिन र  विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपथ्र्यो, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिने रु”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शशी श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे किन छलफल हुन सकेन भनी प्रश्न गर्नुुभयो ।

उहाँले भन्नुभयो, “नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर आफ्नो असहमति छ, सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेश गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, संसद बोलाउनु भनेको सदन चलाउनु मात्रै होइन ।

जनता समाज पार्टीका नेता एकवाल मियाँले पथलैया– वीरगञ्ज करिडोरमा समयमै सडक निर्माण नहुँदा धुलोले वरपरका बस्तीमा समस्या परेकाले छिटो निर्माण सम्पन्न गर्ने वतावरण बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “देशभरको शिक्षा क्षेत्रको अवस्था भद्रगोल छ, सरकारी विद्यालयका पूर्वाधार मात्र होइन पढाइएको गुणस्तर पनि खस्केको छ । विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षकको दरबन्दीको व्यवस्था होस् ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताले गन्तव्य अन्योल बनाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ जाने भनेर हिँडेका थियौँ, कहाँ पुग्यौँ,  हामीले अस्थिरताको सामना गरिरहेका छौँ, यसमा प्रणालीको पनि दोष छ । सरकार परिवर्तन वा नयाँ निर्वाचनबाट मात्र यो समस्या समाधान हुँदैन, त्यसका लागि नयाँ सम्झौता गर्नुपर्छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विश्व सम्पदाको सूचीमा रहेको चाँगुनारायण मन्दिर पानीको मुहान र बस्ती विस्तारले अप्ठेरोमा परेकाले सरकारले त्यसलाई जोगाउन समयमै ध्यान पुर्याओस् भन्नुभयो ।  

नेकपा एमालेका दिलबहादुर क्षेत्रीले सरकारले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गरेकामा धन्यवाद दिँदै मुुलुकलाई फलाममा आत्मनिर्भर तुल्याउन नवलपुरको फलाम खानी सञ्चालनका लागि विभिन्न काम भइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद डिला सङ्ग्रौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वोसत्तावादी बाटोतर्फ अघि बढेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “संसद्लाई बिजनेसविहीन बनाइएको छ, त्यो अवस्था अन्त्य गरियोस्, मेलम्ची खानेपानी कार्यान्वयन भएसँगै स्व कृष्णप्रसाद भट्टराईको योगदानलाई हामी सबैले स्मरण गर्र्नैपर्छ ।  

नेकपा माओवादी केन्द्रका पूर्णकुमारी सुवेदीले बाँकेको नरैनालगायतका क्षेत्रमा भएका आगलागीका घटनाका पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

जसपाका प्रमोद यादवले सबै सरकारी संयन्त्रको सदुपयोग गर्ने ढङ्गबाट भएका सरकारी अस्पताललाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो ।

नेकपा एमालेका सांसद पदम गिरीले काठमाडौँवासीको तिर्खा मेटाउने काम सरकारले गरेको तथा विकासका सबै क्षेत्रको गति रफ्तारमा अघि बढिरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका उमा रेग्मीले काठमाडौँवासीको खानी पानीको चाहना र स्व कृष्णप्रसाद भट्टराईको योगदानको स्मरण गर्नुभयो ।

सोही दलकै सांसद दिव्यराज भण्डारीले उपसभामुखको निर्वाचन नहुँदा वर्तमान सरकारले महिलाको हक हितमा किन चासो दिएन भनी चासो र जिज्ञासा उठेको बताउनुभयो ।