२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच झडप



अ+ अ-

काठमाडौँ । ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच झडप भएको छ ।

नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका हुन् । कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको थियो ।

चियापान कार्यक्रममा सहभागी हुन एमाले सचिव योगेश भट्टराई, प्रदेश सांसद तिलकुमार मेन्याङवोलगायत गएका थिए । योगेश भट्टराईलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै पहिचानवादीले अवरोध गरेका थिए ।

एमाले जिल्ला पार्टी कार्यालय अगाडी दुवै पक्षबीच भनाभनपछि सामान्य धकेलाधकेल भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनले सामान्यरूपमा नाराजुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए ।