२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगायो



अ+ अ-

एजेन्सी । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्वारा उत्पादन गरिन्छ । इटालीको संसदले महिनौंसम्मको बहसपछि नयाँ कानून पारित गरेको हो । नियम उल्लङ्घन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ । जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिवन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन ।

यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ ।