८ श्रावण २०८३, शुक्रबार
,
Latest
दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२  वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हा ।

यसअघि गत माघमा मलेसियाबाट  १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको  थियो । त्यसो त  चालू आर्थिक  वर्ष  २०७७/०७८  को पहिलो नौ महिनामा  मलेसियाबाट मात्रै  २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान  गुमाएका १६ महिलासहित  ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि  चैत  २२ गतेसम्म  वैदेशिक रोजगारीमा  गएकामध्ये  त्यो  सङ्ख्याले  रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव  स्वदेश ल्याइएको   बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी  दिए । बोर्डका  अनुसार  सो  अवधिमा साउदी  अरबबाट  १७०  वटा  र  कतारबाट  ९५  वटा शव  आएका  छन् ।  यस्तै  सो  अवधिमा  संयुक्त  अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्  । त्यसैगरी  यस  अवधिमा  दक्षिण  कोरियाबाट पाँचवटा  शव  आइपुगे  भने  जोर्डनबाट  तीनवटा  र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।