१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?

संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?
अ अ+ अ-

काठमाडौँ । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो ।

संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ । यता, सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ । संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरु जारी रहने जनाएको छ । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भएपनि संसदीय समितिहरुले भने काम गरिरहेका बताउनु भयो । उहाँले यस अवधिमा समितिहरुले समितिमा विचाराधिन अवस्थामा रहेका विधेयकहरुमाथि विस्तृत रुपले छलफल गर्ने बताउनु भयो ।’

‘त्यसैगरी समितिहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरुको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरु समेत गर्ने उहाँले जानकारी दिनुभयो । प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरु अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरुको व्यवस्थापन गर्ने लगायतका कामहरु गर्ने गर्छ । त्यसैगरी वेवसाइटहरुलाई परिस्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उहाँले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरु पनि संघीय संसद सचिवालयले सम्पन्न गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरु सञ्चालनमै रहेका हुन्छन् । यि अवधिमा समितिमा विचाराधिन विधेयकहरुमाथि समितिमा विस्तृत रुपमा छलफल हुन्छन् । संसदको अर्को काम सरकारको निगरानी गर्नु पनि हो । यो बीचमा समितिहरुले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्यप्रगतिको बारेमा बुझ्ने, आवश्यकता अनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ । त्यसैगरेर सचिवालयले पनि नियमित प्रकृतिका कामहरु, जस्तो: वार्षिक कार्यक्रमहरु यही अवधिमा प्राथमिकता दिएर कार्य सम्पादन गर्छ सचिवालयले । जस्तो: सफ्टवेयरहरु अपडेट, भिडियो व्यवस्थापन, अडियो रेकर्डहरुलाई व्यवस्थापन गर्ने । वेव पेजहरुलाई अझ स्तरिकृत गरेर नयाँ बनाउने काम हुनसक्छ । यस्ता हाम्रा वार्षिक रुपमा स्वीकृत गरिएका विभिन्न कामहरु हुन्छन्, विभिन्न प्रकृतिका कामहरु केही नीतिगत प्रकारका, केही कार्यक्रम आयोजना नै गरेर गर्नुपर्ने हुन्छन् । कतिपय क्षमता अभिवृद्धिका कार्यक्रमहरु हुन्छन् । ति कार्यक्रमहरुलाई सचिवालयले यही समयमा अझ बढी प्राथमिकताका साथ कार्यान्वयन गर्ने गर्दछ ।’

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरु सुचारु अवस्थामा रहेको बताउनु भयो । उहाँले कतिपय समितिहरुले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरु गर्ने गरेको बताउनु भयो । उहाँले समसामयिक विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरुले गर्नसक्ने र सोही अनुरुप गरिरहेका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसद अधिवेशन नभएपनि समितिहरु निरन्तर सुचारु हुनसक्छ । समितिमा विचाराधिन भएका विधेयकहरुको विषयमा छलफलहरु गर्नसक्छ । फिल्डमा गएर अनुगमन गर्नसक्छ । अध्ययन, अनुसन्धानका कामहरु गर्नसक्छ । संसद नहुँदा संसदकै रुपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरुमा जनताको ध्यानाकर्षण गराउने लगायत थुप्रै तरिकाले संसद सरहकै कामहरु समितिले गर्न सक्छ । ति कामहरु गरिरहेको पनि छ ।’

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताउनु भयो ।