२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नागरिकको मौलिक हक कुष्ठित गर्‍यो: राप्रपा अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक हनन गरको बताउनु भएको छ ।

अध्यक्ष लिङ्देनले आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम भएको जनाउनु भएको छ ।

उहाँले धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैनभन्दै सरकारले आफुलाई तत्काल सच्याओस भन्ने माग गर्नुभएको छ ।

सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमा सगभागी हुन आएका व्यक्तिलाई धरपकड गरेको छ ।यसैगरी अभियानका संयोजक दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको छ ।