१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ’

‘प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ’
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बीचमा अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताउनुभएको हो । उहाँले दुई नेताका बीचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताउनु भयो । उहाँले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभइ एकतावद्ध भएर अगाडी बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरुमा भएको बताउनु भयो । अध्यक्षद्वय दाहाल र भट्टराई एकतावद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्व नहुने उहाँले बताउनु भयो । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनैपनि बाहानामा पछाडी नफर्किने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वार्ता समितिले वार्ता गरेर एउटा वातावरण बनायो । त्यही वातावरणको जगमा दुईवटै पार्टीमा पार्टी एकता/ध्रुविकरणको निम्ति पार्टी एकता/ध्रुविकरण संयोजन समिति बनाउने हाम्रो वार्ता समितिले दिएको सुझाव अनुसार अन्तर्गत नेपाल समाजवादी पार्टीले समिति बनाएको छ । प्रक्रिया यहीँ नै हो । यसलाई असमझदारी पनि नभनौँ । मैले हेर्दाखेरी कम्युनिकेशनको ग्याप भएको देखियो । त्यो कम्युनिकेशनको ग्यापलाई फुलफिल गर्ने काम हामीले गरिराखेका छौँ । उहाँहरुको बीचमा तारन्तार छलफलहरु भइराखेका छन् । मुख्यकुरा नेताहरुको सम्बन्ध केही होइन त म भन्दिनँ, तर बस्तुगत आवश्यकता के हो भन्नेकुरा नै महत्वपूर्ण भएको हुनाले अहिलेको वस्तुगत आवश्यकता भनेको हिजोका क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न, छुट्टाछुट्टै टुक्रा, टुक्रामा विभाजित भएर बस्नुभन्दा एकिकृत, एकतावद्ध भएर अगाडी बढ्नु आजको वस्तुगत आवश्यकता हो ।’

‘जो सँग विचार, राजनीतिक एजेण्डाहरु मिल्छ, सबैकुरा मिल्छ उनीहरुको बीचमा पार्टी एकता नै गरेर जाने । त्यसको निम्ति नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको विचमा पार्टी एकताकै प्रक्रिया अगाडी बढाउने । तर फेरि यतिले मात्रै पुग्दैन । त्यसका लागि अरु पनि समाजवादी कार्यक्रम मान्ने समाजवादी शक्तिहरुलाई वृहत्तर ध्रुविकरणको प्रक्रियामा पनि लिएर जानुपर्ने हुन्छ । त्यसकारण हामीले एकता र ध्रविकरण शब्द राखेका छौँ । माओवादी केन्द्र सँगको पार्टी एकता माओवादी केन्द्र पनि रुपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रुपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो । त्यो आवश्यकता दुई वटै पार्टी र दुई वटै पार्टीका शीर्ष नेताहरुले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडी बढेको छ । प्रचण्ड र बाबुरामविचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरुले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढंगबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकतावद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिंगो दुईवटा पार्टी पंक्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मुर्त रुप दिन्छ । यो प्रक्रिया पछाडी फर्किंदैन । अगाडी बढ्छ ।’

सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकतावद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय भएको बताउनु भयो । प्रतिगामी शक्तिहरु एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उहाँको भनाई छ । उहाँले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले जुन ढंगबाट पश्चगमनकारी शक्तिहरु, प्रतिगामी शक्तिहरु विभिन्न रुप रंगमा एकतावद्ध हुँदै जाने, उनीहरु केन्द्रित हुँदै जाने प्रवृत्ति देखा परिराखेको छ, हामी अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय हो । तर यतिकै आधारमा संघीयता खत्तम भइहाल्छ या गणतन्त्र खारेज भएर त्यसको ठाउँमा राजतन्त्र पुन:स्थापना हुन्छ । संविधान खारेज भएर ०४७ सालको संविधान ब्युँतिन्छ भन्नेजस्तो जुन कुराहरु हामीले सडकमा सुन्छौँ, यो कुरा सत्य होइन । गणतन्त्रलाई यो देशबाट अब कसैले पनि हटाउन सक्दैन । संघीयतालाई यो देशबाट कसैले मास्न सक्दैन । दुई, चार जना केही व्यक्तिहरुलाई मन नपरेको हुनसक्छ । तर उनीहरुलाई मन परेन भन्न बित्तिकै संविधान च्यातिन्छ ? उनीहरुलाई मन परेन भन्ने बित्तिकै गणतन्त्र उल्टिन्छ ? त्यो सम्भव छैन ।’

सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागि सबै शक्तिहरु पुन: एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।