१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढ्यो: अर्थमन्त्री

राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढ्यो: अर्थमन्त्री
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गर्नुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाई गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रुपले वृद्धि भएको बताउनु भयो । उहाँले गत सालको भन्दा तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको बताउनु भयो ।’

‘अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रलमा तत्कालका लागि लगानी नगर्न आग्रह गर्नुभयो । उहाँले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सूचना क्रान्तिको युगमा हामी छौं । हिजो चार जनाको बीचमा रहेको कुरा सय जनामा पुग्न सक्थ्यो होला ? अहिले कसैसँग कुरा नगरी सामाजिक सञ्जालमा कुनैपनि सत्य वा असत्य कुरा सहज रुपमा संसारभरी फैलन सक्छ । नियोजित वा प्रायोजित रुपमा केही लगनाी गरेर एउटा जथाले निश्चित उद्देश्यले प्रभावित गर्ने काम भएको छ । हरेकको स्मार्ट फोन प्रतिक्यापिटल दक्षिण एशियामा उच्च छ । आफ्नो पेट काटेर पनि नेपालीहरुले स्मार्ट फोन प्रयोग गर्छन् । फोनमा आज पनि त्यही आएको छ । भोलि पनि त्यही आएको छ । २४ घण्टा एउटै विषय आउँदा त्यसले नकारात्मक मानसिकता मात्रै सुनिन्छ । देश खराब छ । यो देशमा केही हुँदैन । सत्ता खराब छ । सरकारले केही गर्दैन भन्ने भ्रमपूर्ण प्रचार त्यहाँबाट भएको छ । जसले आफ्नो दाहित्व पूरा गरेको छैन । जनताको बचत भएको पैसा बैंकबाट ऋण लिएर खुलेआम तिर्दिन र कसैले तिर्नुर्दैन भन्नेको प्रवृत्तिले स्थान पाइरहेको छ । अर्थतन्त्रमा अहिलेको समस्या भनेको मनोबल कमजोरको हो । कहिले कहीँ लगानी डुब्छ । गलत लगानी गर्दा डुब्छ तर एक जना व्यक्ति डुब्दैमा देश नै डुब्छ भन्ने होइन । निजी क्षेत्रले स्वीकार गरको कुरा सहज मौद्रिक नीतिमार्फत कर्जा प्रवाह धेरै भएको हो । त्यसमा राज्यले लगानी गर्दा प्राथमिकता नभएको क्षेत्रमा लगानी गर्‍यो । दिगो रुपमा प्रतिफल नआउने क्षेत्रमा भएको हो । मौद्रिक नीति सहजताबाट बैंकबाट प्रवाह भएको ऋण सहज रुपमा पाइएको छ । प्रतिफल आइहाल्छ । जग्गाको मूल्य बढेको बढै छ फेरि बढ्छ । पोहोर साल डब्बल भएको थियो अर्को वर्ष डब्बल नै होला । लगानी त्यहाँ गर्छु । भनेर घरजग्गामा लगानी भएको हो । शेयर पनि अप्राकृतिक रुपमा बढेकै हो । क्रिप्टोमा पनि अनुसन्धान भइरहेको छ त्यहाँ पनि लगानी भएको हो । यसबाट हामीले पाठ सिक्नुपर्छ । निजी क्षेत्रको नेतृत्वले दिगो रुपमा प्रतिफल आउने क्षेत्रमा लगानी गर्न आवश्यक भएको छ । आँखा चिम्लिएर बैंकबाट लिएको कर्जा जथाभावी लगानी गर्न भएन ।’

उहाँले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सञ्जाल प्रयोग भइरहेको बताउनु भयो । अर्थमन्त्री महतले निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको बताउनु भयो । उहाँले नकारात्मक कुरा लगानी गरेर सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुर्‍याउने काम भएको बताउनु भयो । उहाँले नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउने गरेको बताउनु भयो । उहाँले अहिले दक्षिण एशियामै प्रतिव्यक्ति स्मार्ट फोन चलाउनेमा नेपाल अग्रस्थानमा रहेको बताउनु भयो ।