१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह

भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गईरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रिय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राहत वितरणलाई राजनीतिक प्रचारवाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ । पीडितहरुको पुनस्र्थापनाका लागि ठोस कार्ययोजना सहित अविलम्ब काम थाल्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’

त्यसैगरी एमालेले इजरायल–प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धन बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ । अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्र्रश्ताव अनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठक इजरायल, प्यालेसटाईनका बीचमा अविलम्व दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरुलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाईनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण पालना गर्न, शान्तिको पक्षमा उभिन, र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुरुप दुई राज्य समाधानको प्रस्ताव कार्यान्वयन गर्न संवद्ध पक्षलाई आह्वान गर्दछ ।’

एमाले बैठकले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनप्रतिे शोक व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।