७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ ।

बुधवार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दु:शाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकथरी तत्वहरु अहिले एउटा दु:शाहस, दिवा स्वप्ना र एउटा ठूलो विभ्रम फैल्याउने कसरतमा छन्, जो कहिल्यै पूरा हुनेवाला छैन । नेपालको इतिहासमा चाहे राणा शासनबिरोधी आन्दोलनको कुरा होस् वा निरंकुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका बिरुद्धको आन्दोलनको कुरा होस् । त्यसमा नेपाली जनताको र काठमाडौं उपत्यकाका नेवार समुदायको भुमिका महत्वपूर्ण छ । सबै ठूला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट गलत्याइएका तत्वहरुले एकपटक फेरि फर्कने जमर्को गर्छन् । उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्छन् । प्राप्त उपलब्धिको रक्षा गर्न जति शतर्क हुनुपर्ने थियो, जति तागत लगाउनुपर्ने हो, त्यो हामीले सकेका छैनौँ । हाम्रो त्यही कमीबाट आन्दोलन सफल भएपछि रिल्याक्स भएर छोड्ने हाम्रो परम्परा रह्यो । त्यसकै फाइदा उठाएर प्रतिग्रामी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्रमा छन् ।’

प्रधानमन्त्री दाहालले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय