३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्सिर ७ को प्रदर्शनमा संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान



अ+ अ-

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आ–आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गरिएको छ । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्यसंरचना र संविधान विरोधी क्रियाकलापप्रति इन्सेकले विज्ञप्तिमार्फत असहमति जनाएको हो ।

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा, १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँचजनाभन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । रासस