१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

चिनबाट ल्याएको ‘भेरोसेल’ खोप आजदेखि लगाइँदै (अस्पतालको नामसहित)

चिनबाट ल्याएको ‘भेरोसेल’ खोप आजदेखि लगाइँदै (अस्पतालको नामसहित)
अ अ+ अ-

काठमाडौं । आजबाट चीनबाट अनुदानमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । चीन सरकारले ८ लाख डोज नेपाललाई अनुदानमा दिएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई मात्र लगाइनेछ । २३ वटा खोप केन्द्रबाट उक्त खोप दिईनेछ ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । 

खोप लगाइने अस्पतालहरु:

  1. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
  2. परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  3.  निजामती कर्मचारी अस्पताल, मिनभवन
  4. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
  5. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
  6. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
  7. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
  8. नेपाल मेडिकल कलेज, अत्तर खेल
  9. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
  10. वीरेन्द्र अस्पताल छाउनी
  11. एपीएफ अस्पताल, बलम्बु
  12. नेपाल प्रहरी अस्पताल, पानी पोखरी
  13. ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
  14. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
  15. भक्तपुर अस्पताल, भक्तपुर
  16. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
  17. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
  18. किष्ट मेडिकल कलेज, ललितपुर
  19. आनन्दवन अस्पताल, ललितपुर
  20. धुलिखेल अस्पताल, काभ्रे
  21. त्रिशुली अस्पताल, नुवाकोट
  22. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
  23. जिल्ला अस्पताल रसुवा