१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एसियाली विश्वकप छनोट दोस्रो चरण: यमनसँग नेपालको हार

एसियाली विश्वकप छनोट दोस्रो चरण: यमनसँग नेपालको हार
अ अ+ अ-

काठमाडौं ।  नेपालले फिफा विश्वकप र एएफसी छनोटको दोस्रो चरणमा यमनसँग २–० ले हार व्यहोरेको छ ।

घरेलु भूमीमा दशरथ रंगशालामा यमनविरुद्ध पहिलो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा दुई गोल व्यहोरेपछि नतिजा सुम्पिएको हो । यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गरे । यससँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो हार बेहोर्‍यो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई ) सँग ४–० ले हार व्यहोरेको नेपालले घरेलु भूमिमा पनि नतिजा सुम्पियो । त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।

११औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो । २६औ मिनेटमा ओमानका हम्जाह अहमदले डिएरिया भित्रबाट गरेको प्रहार गोलकिपर किरणले सहजै बचाए । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।

३२औं मिनेटमा अहमद महेरको लामो प्रहार बार माथिबाट बाहिरियो । ३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि अवसर भने सृजना गर्न सकेन । ५०औं मिनेटमा अब्दुलाह अल दाहीले गरेको शसक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए । त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए ।

यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन । ६५औं मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए । अल खादिर सलिमको प्रहारले मान्यता पाएन । ७३औं मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए । ७६औं मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए । नेपालका दुई डिफेन्डर छल्याउँदै उनले गरेको प्रहार बार माथिबाट बाहिरिन पुग्यो ।

त्यस्तै ८७औं मिनेटमा यनमका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको शसक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए । अन्तिम समयमा यमनले दोस्रो गोल गर्दै जितनजिक पुग्यो । ९०औं मिनेटमा मोहम्मेद अब्दुलाह अल दाहीले दुई डिफेन्डरलाई बिट गर्दै सहज गोल गरे ।