१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ: सांसद शर्मा

राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ: सांसद शर्मा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किनुभएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताउनु भयो । उहाँले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बतउनु भयो । उहाँले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुनकि राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरुले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाइएको छैन ।’

‘सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरेर त्यसलाई रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो । डेमोक्रेसीको विकल्प छैन । संसारको उच्चतम राम्रो व्यवस्था डेमोक्रेसी हो । अहिले नियन्त्रित डेमोक्रेसीको रुपमा लगिएको छ ।’

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताउनु भयो ।