काठमाडौं । गण्डकी प्रदेशका दुई मन्त्रीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका छन् ।
नेकपा माओवादी केन्द्रका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्री गुरुङसमक्ष राजीनामा बुझाएका हुन् ।








