४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभिरमा मृत भेटिए पत्रकार प्रकाश ढकाल



अ+ अ-

काठमाडौं । चार दिनदेखि बेपत्ता पत्रकार प्रकाश ढकालको शव कृष्णभीरमा भेटिएको छ ।

गत शुक्रबारदेखि सम्पर्कविहीन रहेका ढकालको शव धादिङको बेनिघाट- रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको हो ।

त्रिशुली नदीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले उनको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीसहित लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा र पत्रकारको टोली घटनास्थलमा पुगेको थियो ।

शवको अवस्था हेर्दा घटना शंकास्पद रहेको घटनास्थलमा पुगेका पत्रकार कमल सरगमले जानकारी दिए । ढकालको टाउको क्षतविक्षत रहेको र शरीरमा सामान्य चोटपटक रहेको उनले बताए । उनको मोबाइल भने सुरक्षित भेटिएकोले केहि प्रमाण भेटिनसकिने विश्वास गरिएको छ ।

विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार घरबाट हिँडेका उनी शुक्रबार १ बजेदेखि सम्पर्कविहीन थिए ।

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिवसमेत रहेका ढकालले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् । पोस्टमार्टमका लागि उनको शवलाई आज काठमाडौं ल्याइँदैछ । परिवारले शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।