६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठकमा भूकम्प पीडितलाई थप सहयोग गर्नेबारे छलफल



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ ।

सोमवार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राहत उद्धार, पुन:निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताउनु भयो । उहाँले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताउनु भयो । उहाँले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरुले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पन िछलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिममा जुन भूकम्बाट क्षति भयो, त्यसपछिको राहत उद्धार, पुन:निर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भयो । थप समसामयिक विषयमा पनि छलफल भयो । भूकम्पप्रभावित क्षेत्रमा सरकारले ५० हजारको दरले हरेक क्षति भएका घरका परिवारलाई दिने अस्थायी आवासको लागि भनेको छ । त्यो चाँडै पुग्नुपर्ने र आज जिल्ला तहमा पुग्छ र जिल्ला विपद् कोषले गाउँपालिकामार्फत सम्बन्धितकोमा पुग्छ, त्यसपछि अस्थायी आवास बनाउनुहुनेछ । पार्टीले त्यहाँ स्वयंसेवक बेसिसमा सहयोग गर्न चाहनेहरुलाई परिचालन गर्ने कुरा भएको छ ।’

मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताउनु भयो । उहाँले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताउनु भयो । उहाँले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी लोकतन्त्रमा विश्वास गर्ने सरकार र पार्टी हो । संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको छ । अभिव्यक्ति, बिरोध, माग गर्ने स्वतन्त्रता सुनिश्चित छन् । तर एकै ठाउँमा दुई पक्षिय उपस्थित हुने, त्यसबाट आउनसक्ने समस्याहरुकाबारेमा सरकारले नजिकबाट हेरिरहेको छ । सडकको परिस्थिति आउन नदिने, कुरामा सरकार सचेत छ । समाज बाहिर गएर कुनैपनि गतिविधि हुनु हुँदैन । अहिले सामाजिक सञ्जालदेखि हरेक माध्यमको प्रयोग गरेर आफ्नो अभिव्यक्ति दिइरहेका छन् । त्यो त लोकतन्त्रले दिएको हो । अधिकारको लागि जुन पार्टीहरु लडे, जनताहरु लडे, त्यहाँबाट आएको हो । अधिकार प्राप्तिको स्वतन्त्रताका लागि हामी भोलि पनि लड्छौँ । हामीले पाएको अधिकारको प्रयोग गरेर त्यही अधिकारको निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन ।’

अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको बताउनु भयो ।