काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय पीसीआर परीक्षण र १ हजार ४० एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पीसीआर परीक्षणबाट २९८ जनामा र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पाइएको हो ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ संक्रमित निको भएका छन् ।








