२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको फाइनल जित्ने टोलीले पुरस्कार राशि कति पाउँछन् ?



अ+ अ-

अहमदाबाद । एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिको लागि भोलि भारत र अष्ट्रेलिया भिड्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनलागेको फाईनल खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

भारत आफ्नो अपराजित यात्रा कायम राख्दै प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा हुनेछ भने अष्ट्रेलिया आयोजक राष्ट्रलाई हराउदै ट्रफि हात पार्न चाहन्छ ।

तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठुलो पुरस्कार राशि पनि छ । विश्वकप २०२३ को विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।

यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिएको छ ।

यो पनि पढ्नुहोस्: क्रिकेट विश्वकप फाईनल: यस्तो छ भारत र अष्ट्रेलियाबिचको हेड-टू-हेड

 

 




भर्खरै