२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दुक र महावीरसहित १० जनालाई सम्मान



अ+ अ-

काठमाडौँ । प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा सन्दुक रुइत र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित विभिन्न क्षेत्रमा कार्यरत १० जनालाई सम्मान प्रदान गरिएको छ ।

अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सम्मान प्राप्त गर्नेमा पूर्वराजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियार रहेका छन् ।

त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, समाजसेवी प्रेमप्रकाश सिटौला र गायिका कोपिला शिवाकोटीलगायतलाई सम्मान प्रदान गरेको हो ।

इन्जिनियर इश्वरकान्त सिटौलाले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउन्डेसन स्थापना गरी समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।

हरेक वर्ष विभिन्न पेशा, व्यवसायमा सक्रिय रहँदै आएका विज्ञ, संस्था, समाजसेवी र स्रष्टाहरूलाई सम्मान गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन नर्दन क्यालिफोर्नियाका इन्जिनियर ईश्वरकान्त सिटौलाले स्थापना गरेका हुन् ।