२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री थापाको जोड



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ ।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ ।

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गर्नुभएको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।