१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिलिमिली बत्तिले खुलेको नक्साल क्षेत्र



अ+ अ-

काठमाडौं । आजबाट तिहार सुरु भएको छ । तिहारसंगै जतासुकै फूल तथा बिभिन्न किसिमको बत्तिको झकिझाउन देख्न सकिन्छ ।

भोली आईबतबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिदैछ । लक्ष्मीपूजाको अगिल्लो दिन काठमाडौं उपत्यकाका निकै उज्यालो देखिएको छ ।

काठमाडौंका अग्ला स्थानहरु चोभार ,चन्द्रागिरी स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट उज्यालो र झिलिमिली उपत्यकाका देख्न सकिन्छ ।

काठमाडौका प्रमुख व्यापारिक केन्द्रहरु झकिझकाउ भएका छन् भने बिभिन्न टोलहरु लाई स्थानीयले झिलिमिली बनाएका छने । यसै अन्तरगत काठमाडौ महानगरपालीका वडा नं १ अन्तरगतको नक्साल टोल निकै आकर्षक देखिएको छ ।

default

नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठ , ज्यापुटोल जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप खडगी ,हरिहर समाजको अध्यक्ष शुभरत्न खड्गी , नागपोखरीका प्रतिनिघि मनोज ताम्रकारको अगुवाईमा बत्तिको व्यवस्थापन गरिएको हो ।

स्थानीय प्रशान्त रजकले  भन्नुभयो “उज्यालोको पर्ब का नक्साल क्षेत्रलाई कुनै कसर बाँकि नराखी सजाएका छौ, अध्यारो रातमा बालिएको बत्तिले यो क्षेत्र निकै मनमोहक भएको छ ।”

फोटो- रबिन खाकी