१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्दै कब्जा गर्ने दाउमा अहिलेको सरकार — अध्यक्ष दाहाल

राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्दै कब्जा गर्ने दाउमा अहिलेको सरकार — अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनु भएको छ । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनु भएको हो । यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा पर्यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको छ । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’ 

सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि अध्यक्ष बताउनुभयो । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अहिले हामी हेर्यौँ भने दिन दिनै जस्तो के संविधान, के ऐन कानून, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ अहिले । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारीक हो, जे बैधानिक हो, जे संवैधानिक हो, जे बिधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ ।’ 

अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘साँच्चै संविधानलाई मिच्ने नै कोसिस जारी रहयो यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुस र स्वेच्छाचारी ढङ्गले नै जाने कोसिस भयो भने एउटा अर्को नयाँ खालको विद्रोहमा हामी सङ्गठित हुनुपर्ने, विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।’ 

तर विद्रोहमा जानु अगाडी नयाँ सरकार गठन गरेर सोही सरकार मार्फत अहिले भइराखेका ज्यादतिहरुलाई सच्याउन चाहेको पनि प्रष्ट पार्नुभयो । संविधान नमान्ने सरकार हटाइनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामी त्यो परिस्थिति आउनु भन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकार मार्फत यो बिचमा भएका ज्यादतिहरुलाई सच्याउन चाहन्छौं ।’ 

सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडी बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । निचामती कर्मचारी ऐन पनि प्रधानमन्त्री लै नै रोकेका कारण संसदमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘निजामती कर्मचारी ऐन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना अनुसार बनाउनु पर्छ भनेर ड्राफ्ट भएको राज्य व्यवस्था समितिमा छलफल भएको छ त्यहाँबाट पारित भएको छ तर प्रधानमन्त्री स्वयंले त्यसलाई रोकेर प्रदेश र स्थानीय तहमा ऐन बन्ने सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको बिडम्बना पनि हामीले अहिले देख्नु परेको छ । संसद भित्रको आधिकारीक समितिले निर्णय गरेको छ तर प्रधानमन्त्रीले त्यसलाई मान्नुहुन्न । सब ऐनहरु अवरुद्ध भएर बसेका छन् ।’ 

अध्यक्ष प्रचण्डले यो सरकार अब धेरैदिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरुको सम्बन्धमा साथ समर्थन र सहयोग रहने पनि बताउनुभयो ।