१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

संकटाले पहिलो पटक चुम्यो आहा रारा गोल्डकपको ट्रफी

संकटाले पहिलो पटक चुम्यो आहा रारा गोल्डकपको ट्रफी
अ अ+ अ-

पोखरा । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ ।

गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचाललेको छ ।

टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए ।

निर्धरित ९० मिनेट १–१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई–ब्रेकरबाट लिइएको हो । निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले लिएको थियो । ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष गर्यो । तर पहिलो हाफमा सफल हुन सकेन ।

पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो । ५२ औं ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए । त्यसपछि दुबै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन सकेनन र निर्धारित समय १÷१ गोलको बराबरीमा सकिए । अतिरिक्त समयमा पनि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल टाई–ब्रेकरबाट लम्किएको थियो । टाईब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो ।

जितसँगै संकटले नगद नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए । यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले  हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे ।