५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा पन्त चयन



अ+ अ-

काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा डा हेमराज पन्त चयन हुनुभएको छ ।

आजीवन सदस्यसरहका हैसियतले प्रा डा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउनुहुने भएको छ । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा डा पन्तले आफ्नो क्षेत्रमा गर्नुभएका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उहाँ चयन हुनुभएको हो । पन्त नेपाल प्राध्यापक सङ्घ, पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुनुहुन्छ । यसअघि नेपालबाट प्रा डा दयानन्द बज्राचार्य, प्रा डा पिके झा, प्रा डा विशालनाथ उप्रेती र प्रा डा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसक्नुभएको छ । प्रा डा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्वपूर्ण जिम्मेवारीले विज्ञान–प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताउनुभयो ।

इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इञ्जिनियरिङ क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो । रासस