२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा शुन्य मत



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा शुन्य मत परेको छ ।

हेटौंडामा सम्पन्न एन्फाको विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा शून्य मत पाएसँगै अध्यक्ष पद जोगिएको छ ।

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएको छ । जसमा एक मत बदर भएको भने बाँकी ३४ जनाले मतदान बहिष्कार गरेका थिए ।

गत भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए ।