१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

पोखरा क्रिकेट रंगशाला टेन्डरमा नै अलमल (भिडियो सहित)

पोखरा क्रिकेट रंगशाला टेन्डरमा नै अलमल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकृया कहिले अघि बढ्ने भन्ने नै एकिन भएको छैन । 

गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना केवल योजनामा मात्रै सिमित भएको छ । रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार भइसकेको भएपनि निर्माणका लागि हालसम्म टेण्डर प्रक्रिया समेत प्रारम्भ नहुँदा सो योजना अलपत्र परेको हो । रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा संघ सरकारबाट प्राप्त भइसकेको छ । १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसिय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सात वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ ।

सो क्रिक्रेट रंगशाला पोखराको मुख्य बजार देखि १० किलोमीटरको दुरीमा पर्दछ । पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ । प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ । यद्यपी हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न ह’नेमा नै आशंकाहरु उब्जिएका छन् । तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रकम समेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा जाने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ ।

रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डिपिआर आवश्यक पर्ने देखिए पछि रंगशाला निर्माण कार्य नै रोकिएको छ । आर्थिक वर्ष सकिन तिन महिना मात्रै बाँकी रहँदा सरकारले रंगशाला निर्माण शहरी विकास तथा भवन शाखा मार्फत बनाउन अर्थ मन्त्रालयलाई सहमतिका लागि पहल भैइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखाका सचिब विनोद बहादुर कुँवरले बताउनुभयो ।

रंगशाला निर्माण कार्य रोकिइरहँदा सरकारले भने गतवर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निक्र्यौल नहुदाँ रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताएको छ । रंगशाला निर्माणको काममा देखा परेका समस्या र अवरोधहरुलाई पन्छाउँदै तुरुन्त निर्माण कार्य आरम्भ गर्नु आवश्यक छ ।