१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा गायक सुगम पोखरेलको यस्तो हर्कत



अ+ अ-

काठमाडौँ । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका चर्चित गायक सुगम पोखेलले एक कार्यक्रममा दर्शकलाई माइकले ‘झट्टी’ हानेका छन् ।

एडिलेटमा भएको कार्यक्रममा गायक पोखरेल ‘रक्सीले मातेर’ दर्शकलाई माइकले झट्टी हानेका हुन् । सार्वजनिक भिडियोमा रक्सीले मातेका पोखरेलको बोली नै लरबरिएको छ । स्टेजमा रहेका पोखरेलले आफ्नो चर्चित गीत ‘झिल्के’ गाउँ न त त भनेका छन् ।

उनको आग्रहपछि दर्शकहरुले ‘झिल्के‘ झिल्के’ भन्छन् । सोही बखतमा उनले नेपालमा भूकम्प गएर मानिसहरुको मृत्यु भएको भन्दै दर्शकलाई शान्त हुन भन्छन् र मौनधारणको लागि आग्रह गर्छन् ।

दर्शकहरुले मौनधारणको समयमा नि हल्ला गरेपछि उनले ‘बइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल’ भन्ने गीत गाउँछन् । तर, दर्शकहरुले हल्ला नै गरेपछि उनी थप उत्तेजित हुन्छन् ।

त्यसपछि उनले भनेका छन्, ‘ए भाइ, तिमीलाई मा’ कसम झट्टी हान्छु‘ यो भाइलाई बोला त ओइ‘ यो तालुवाला भाइलाई’ यति भनेपछि उनी स्टेजबाट तल झरेर दर्शकमाथि जाइलाग्छन् । स्वयंसेवकले रोक्दा–रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् ।

उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछ न्। त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।

सो घटनापछि गायक पोखरेलले चौतर्फी आलोचना खेपेका छन् ।