१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

काँग्रेस महासमितिको बैठक मंसिर २९ देखि पुष २ सम्म

काँग्रेस महासमितिको बैठक मंसिर २९ देखि पुष २ सम्म
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ ।

आईतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराउनु भयो ।

यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

अन्य सहयोगका लागि पार्टीका सदस्यहरुलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताउनु भयो । प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोट र रुकुमश्चिममा केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट धेरैको ज्यान गएको छ । सयौँ मानिसहरु घरबार बिहीन भएका छन् । त्यस्तो अवस्थालाई नेपाली काँग्रेसले गम्भीर र दु:खद् घटनाको रुपमा लिएको छ । यो घटनालाई आधार बनाएर बैठक बसेको हो । बैठकले भूकम्पबाट प्रभावितहरुलाई तत्कालै उद्धार गर्नका लागि राहत, पुन:स्थापनाका लागि गम्भीर रुपमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । तत्कालै राहत सामग्री उपलब्ध् गराउनका लागि, उनीहरुको स्वास्थ्योपचारमा प्रभावकारिता ल्याउनका लागि पार्टीको तर्फबाट पार्टी सदस्यहरुबाट जम्मा गरेको रकमबाट कोषबाट ५० लाख रुपैयाँ दिने निर्णय गरिसकेका छौँ । कार्य सम्पादन समितिले त्यसलाई अनुमोदन गरेको छ । यो रकम पर्याप्त होइन त्यसैले अझै थप रकम त्यहाँ पुर्‍याउनका लागि र बजेट पुर्‍याउनका लागि पार्टीले पार्टी संगठन भित्रका सम्पूर्ण पदाधिकारी, सदस्यहरु, जनप्रतिनिधिहरुलाई पार्टीको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि हार्दिक अपिल गर्ने निर्णय गरेका छौँ ।

सोही आधार मानेर पार्टीका केन्द्रिय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ जम्मा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राहत कोषमा यो जम्मा हुनेछ । सरकारको गम्भीर ध्यानाकर्षण गराउने कुरा गरेका छौँ । राहत वितरणमा अनियमितता नहोस्, पक्षपात नहोस्, अति विपन्न गरिव र घरबार बिहीन मानिसहरु जसको विकल्प छैन, उनीहरुमाथि कतै अन्याय हुन्छ की ? र उनीहरु राहत सामग्री प्राप्त गर्नबाट उनीहरुले पुन:वासको व्यवस्थापनमा कतै पक्षपात भइ ओझेलमा पर्छन् की भनेर महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने र त्यसले स्थलगत अनुगमन सबै सामग्रीहरु परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी पक्तिको परिचालन र बीचमा भएका विषयहरु सबैको अनुगमन र सहजीकरण गर्ने । चाँडै स्थलगत अवलोकनमा पनि उहाँहरु जानु हुनेछ । काँग्रेस महासमितिको बैठक अब मंसिरको २९, ३० र पुसको १ र २ गते गोदावरीमा हुने । हल अभावका कारणले पनि हो ।’

नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीहरुले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताउनु भयो ।