२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब भूकम्प पीडितलाई



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुन:स्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्‍याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्नुभएको छ । हिजो बागलुङमा उहाँले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उहाँले जानकारी दिनुभएको हो ।

बागलुङ क्षेन नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरुको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहातको व्यवस्था गर्न माग पनि गर्नुभयो । उहाँले सो प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस