२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा



अ+ अ-

काठमाडौं । अभिनेता पल शाहले जाजरकोट भूकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन् । गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाइ उनले ५० हजार सहयोग गर्ने जनाएका छन् ।

‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,००००) हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणामा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुःखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार र सहयोग गर्न अपील गरेका छन् ।