२० श्रावण २०८३, बुधबार
,
Latest
फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’ काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम संसदको क्षेत्राधिकार र सरकारमाथि नियन्त्रण गर्ने अधिकार संसदलाई मात्र छः कानूनमन्त्री गौतम सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : न्युजील्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको लक्ष्य



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा जारी खेलमा न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य दिएको छ ।

न्युजील्यान्डका लागि युवा ब्याटर रचिन रबिन्द्रले १०८ रनको शतकीय पारि खेलेका थिए । यस विश्वकपमा यो उनको तेस्रो शतक हो ।

चोटका कारण यसअघिका खेल गुमाएका कप्तान केन विलियम्सनले पनि शानदार ब्याटिङ गर्दै ९५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

आजको खेल नजिते प्रतियोगिताबाटै बाहिरिने पाकिस्तानी टिमका कप्तान बाबर आजमले आज टस जितेर पहिले क्षेत्र रक्षण रोजेका थिए । तर उनको निर्णय शंकाको घेरामा परेको छ । उनका बलरले राम्रो बलिङ प्रदर्शन गर्न सकेका थिएनन् भने क्षेत्र रक्षण पनि फितलो थियो ।




भर्खरै