२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा फूलको मूल्य बढ्ने



file
अ+ अ-

काठमाडौँ । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो ।

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार सोही माला गत वर्ष उपभोक्ताले रू एक सयसम्म तिरेर प्रयोग गरेका थिए ।

त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा रू ४५ र खुद्रामा रू ६० देखि रू ७० पर्ने तामाङले बताउनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा रू तीन सय र खुद्रामा रू पाँच सयसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने रू एक हजारदेखि रू तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।

गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै रू २५ करोड फूलको कारोबार भएको थियो । यस वर्ष रू ३१ करोड २८ लाख कारोबार हुने अनुमान गरिएको छ ।

पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ । यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ ।

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस