१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने

नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने
अ अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ संवत्सर हो । सोमबारसम्म ४७औँ प्रमादी नामको संवत्सर धार्मिक कर्मको सङ्कल्पमा उच्चारण गरिन्थ्यो । चैत्र शुक्ल प्रतिपदाका दिनमा जुन संवत्सरले भेट्छ वर्षभरका धार्मिक कर्ममा त्यही संवत्सरको उच्चारण गरिन्छ ।

चैत्र शुक्ल प्रतिपदामा ४८औँ आनन्द संवत्सर नभेटेकाले ४९औँ राक्षस संवत्ससर शुरु भएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यो तिथि क्षय भएजस्तै अवस्था रहेको समितिले जनाएको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेल गणनाअनुसार गत चैत २३ गतेदेखि नै राक्षस नामको संवत्सर शुरु भएको बताउनुहुन्छ । चैत्र शुक्ल प्रतिपदाका दिन जुन संवत्सरले भेट्यो त्यही नाम वर्षभर उल्लेख गरिन्छ । गत वर्ष चैत्र शुक्ल प्रतिपदामा प्रमादी संवत्सर थियो । त्यसपछि आनन्द नामको संवत्सर आएर यस वर्ष चैत्र शुक्ल प्रतिपदा लाग्नुअघि नै राक्षस नामको संवत्सर शुरु भएको उहाँले सुनाउनुभयो ।

यस वर्ष राक्षस नाम गरेको संवत्सर रहेकाले अल्पवृष्टि भई अनाज उत्पादनमा कमी आउनेछ । समाज निर्दयी हुने, रोग, भय र महङ्गीले जनता आक्रान्त हुनेजस्ता फल बृहत्संहिता नामक ज्योतिषशास्त्रलगायत ग्रन्थमा उल्लेख गरिएको छ । धार्मिक कर्ममा सङ्कल्प गर्दा आजैदेखि राक्षस नामको संवत्सरको उच्चारण गरिन्छ । यो उच्चारण अर्को वर्ष चैत्र कृष्ण औँशीसम्म जारी रहन्छ ।

ब्रह्मपुराणले चैत्रशुक्ल पतिपदाबाट सृष्टि आरम्भ भएको उल्लेख गरेको छ । भगवान् ब्रह्माले चैत्र शुक्ल प्रतिपदाबाट नै सृष्टि गरी सत्ययुगको प्रारम्भ भएको शास्त्रीय मान्यता छ । ज्योतिषमा चान्द्रमासको आधारमा चैत्र शुक्ल प्रतिपदाबाट कालगणना गरिन्छ । चान्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन संवत्सर शुरु हुन्छ । विक्रमादित्यका नामबाट चलेको विक्रम संवत्मा सौरमासका आधारमा वैशाख महिनादेखि नयाँ वर्ष शुरु हुन्छ । यस वर्ष संयोगले संवत्सर आरम्भ र विक्रम संवत्को नयाँ वर्ष आरम्भ अघिल्लो दिन र भोलिपल्टदेखि शुरु हुँदैछ ।

आजका दिन प्रत्येक घरमा ध्वजा सजाउने प्राचीन परम्परा छ । ज्योतिषीको पूजा गरी वर्षफल श्रवण गर्ने, निमको पात खाने गरिन्छ । ऋतु परिवर्तनका बेला रुघाखोकी लाग्ने भएकाले पनि निमको पात खानुपर्ने विधान प्राचीनकालदेखि शुरु गरिएको हो । कोरोनाजस्ता रोगबाट बच्न पनि प्राचीनकालमा यस्तो परम्परा शुरु गरिएको आयुर्वेद शास्त्रीय मत छ । सिद्धान्त शिरोमणि नामको ग्रन्थमा भाष्कराचार्यले चैत्र शुक्ल प्रतिपदाका दिनदेखि संवत्सर आरम्भ भएको उल्लेख गर्नुभएको छ । यसबेला न चिसो न जाडोको अवस्था हुने भएकाले प्राकृतिकरूपमा पनि वसन्त ऋतुबाट नयाँ संवत्सरको आरम्भ भएको विश्वास गरिन्छ ।

विसं अनुसारको नयाँ वर्ष वैशाख १ गते बुधबारदेखि शुरु हुँदैछ । वैशाख महिनाको देवता मधुसूदन, देवी मोहिनी र भानुः नामको सूर्य रहेको छ । नयाँ वर्ष आरम्भका बेला मेष राशिमा सूर्यः, मेष राशिमै चन्द्रमा र कुम्भ राशिमा वृहस्पति (गुरूः) रहने समितिले जनाएको छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित सौरमासअनुसारको पात्रो हो ।

यो ग्रेगोरियन पात्रो (अङ्ग्र्रेजी पात्रो) भन्दा ५७ वर्ष आठ महिना १५ दिन छिटो छ । यस पात्रोमा वर्षको शुरूआत वैशाख महिनाको पहिलो दिनदेखि हुन्छ । विसं सूर्यसँग सम्बन्धित भएकाले नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विशाखाबाट वैशाख, ज्येष्ठाबाट जेठ, पूर्वाषाढाबाट आषाढ आदि नाम रहेको हो । भारत वर्षमा राजा विक्रमादित्यले शुरुआत गरेको विक्रम संवत् नेपालमा आधिकारिकरूपमा चन्द्रशम्शेरको पालादेखि लागू भएको हो ।