७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा
अ+ अ-

एजेन्सी । जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजराइलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूहलाई विघटन गर्न आदेश दिएको पनि अल जजिराले बताएको छ ।

जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताउनुभयो । हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ ।

उहाँले भन्नुभयो, “इजराइललाई नष्ट गर्ने उद्देश्य राखेको आतङ्कवादी सङ्गठन हमासका गतिविधिमाथि मैले आज पूर्णरूपमा प्रतिबन्ध लगाएको छु ।”

जर्मनीको उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै लेबनानमा हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टिनी नागरिकविरुद्धको अपराधमा इजराइलसँग साझेदारीमा रहेको थाहा भएको बताएको अल जजिराले उल्लेख गरेको छ ।

लेबनानमा हमासका प्रतिनिधि ओसामा हमदानले भन्नुभयो, “जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ ।”

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमा गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भङ्ग गर्ने जानकारी दिनुभयो ।

हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुसियाली मनाएको थियो ।

मन्त्री फेसरले भन्नुभयो, “इजराइलविरुद्ध हमासको भीषण आतङ्कवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुसी समारोह’ आयोजना गरेर समिडोनले विशेषगरेर घृणित तरिकाले यहुदी विरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ ।”