४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा श्रीलंकाको शर्मनाक हार, भारतसँग ३०२ रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा श्रीलंकाको शर्मनाक हार भएको छ । भारतले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ५५ रनमै समेटिएको थियो ।

यो नतिजासँगै श्रीलंका विश्वकपको अर्को चरणमा प्रवेश गर्ने आशा समाप्त भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । भारतले प्रतियोगितामा अपराजित रहँदै ७ खेलबाट १४ अंक बटुलेको छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ७ खेलबाट १२ अंक छ ।

श्रीलंकालाई सस्तो स्कोरमा धराशायी बनाउन भारतका तीन तिब्र गतिका बलरहरु जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद शामीले महत्वपूर्ण योगदान गरेका थिए । बुमराहले १ विकेट लिएका थिए भने मोहम्मद सिराजले ३ र मोहम्मद शामीले ५ विकेट लिएका थिए । साथै रबिन्द्र जडेजाले १ विकेट लिए ।

मोहम्मद शामीले १८ रन दिएर ५ विकेट लिएका थिए ।

यसअघि श्रीलंकाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८, श्रेयस ऐयरले ८२ तथा रबिन्द्र जडेजाले ३५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

भारतले ८ विकेट गुमाएर ३५७ रनको विशाल स्कोर खडा गरेको थियो । श्रीलंकाली बलर दिल्सान मदुसन्काले ५ विकेट लिएका थिए ।

३५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले १२, कसुन रजिथाले १४ तथा महीश थिक्सानाले १२ रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । श्रीलंकाका पाँच खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए भने दुई खेलाडीले एकएक रन बनाएका थिए ।